दफा २१
नेपाल सरकारले मान्यता दिने
(१) काउन्सिलले चिकित्साशास्त्र सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूलाई मान्यता प्रदान गर्न सक्नेछ ।
(१क) उपदफा (१) बमोजिम काउन्सिलबाट मान्यता प्रदान गरिएका डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूलाई अनुसूचीमा समावेश गरिनेछ ।
(२) चिकित्साशास्त्र सम्बन्धी विदेशी संस्थाबाट प्राप्त डिग्री, डिप्लोमा प्रमाणपत्र वा अन्य उपाधि प्राप्त गर्ने व्यक्तिले त्यस्तो उपाधिको मान्यताको लागि तोकिएबमोजिम काउन्सिल समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको निवेदन उपर काउन्सिलले त्यस्तो डिग्री, डिप्लोमा, प्रमाणपत्र वा उपाधिलाई मान्यता प्रदान गर्न सक्नेछ । यसरी मान्यता प्रदान गरेको डिग्री, डिप्लोमा, प्रमाणपत्र वा उपाधिलाई अनुसूचीमा समावेश गरिनेछ ।